फेन्सिङ : आर्मी टिम च्याम्पियन
शुक्रबार, २८ असोज २०७९, १४ : ३९
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको पुरुष टिम इभेन्ट (इपी)मा विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
पोखरास्थित ब्याडमिन्टन हलमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ४५(२८ ले पराजित गरेसँगै आर्मी पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको छ ।
योसँगै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङ समापन भएको छ । कुल १२ स्वर्ण पदकमध्ये आर्मीले पाँच, बागमती प्रदेशले चार, एपिएफले दुई तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण पदक जितेका छन् । नवौं राष्ट्रिय खेलकुदको उद्घाटन भने आज हुँदैछ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण