सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक
शुक्रबार, २८ असोज २०७९, १७ : ४९
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्यावस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको हो । जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पतालका प्रमुख असिम पाठकले जानकारी दिए । १०३ वर्षीय जोशीलाई (आईसीयू) बाट जनरल वार्डमा सारिएको थियो ।
अहिले फेरि स्वास्थ्यमा समस्या आएपछि बिहीबार आईसीयूमा सारिएको जोशीले बताए । जोशीको मुटुको चालमा घटबढ हुनुका साथै छातीमा निमोनिया संक्रमण भएको उनले जानकारी दिए । निमोनियाको औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको पाठकको भनाई छ । स्वास्थ्य अवस्था नाजुक बनेपछि जोशीले बोल्न र खान छाडेका छन् । उनको शरीरमा अक्सिजनको मात्रा घट्दै गएको छ । शताब्दी पुरुष जोशी असोज ७ गते इमर्जेन्सीमा भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना
-
राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा छुट्यो हाँसोको फोहरा
-
बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा
-
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन
-
नेपालमा चलचित्र छायांकनका लागि हलिउड र बलिउडलाई आकर्षित गरिने
-
मुलुकलाई बाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमाले बलियो शक्ति बन्न जरुरी: पोखरेल