सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक
शुक्रबार, २८ असोज २०७९, १७ : ४९
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्यावस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको हो । जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पतालका प्रमुख असिम पाठकले जानकारी दिए । १०३ वर्षीय जोशीलाई (आईसीयू) बाट जनरल वार्डमा सारिएको थियो ।
अहिले फेरि स्वास्थ्यमा समस्या आएपछि बिहीबार आईसीयूमा सारिएको जोशीले बताए । जोशीको मुटुको चालमा घटबढ हुनुका साथै छातीमा निमोनिया संक्रमण भएको उनले जानकारी दिए । निमोनियाको औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको पाठकको भनाई छ । स्वास्थ्य अवस्था नाजुक बनेपछि जोशीले बोल्न र खान छाडेका छन् । उनको शरीरमा अक्सिजनको मात्रा घट्दै गएको छ । शताब्दी पुरुष जोशी असोज ७ गते इमर्जेन्सीमा भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण