मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

दाङमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

शुक्रबार, २८ असोज २०७९, १९ : १४
शुक्रबार, २८ असोज २०७९

दाङमा मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीय बालकको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका-७ खैरेनीका ५ वर्षीय छोरा स्मार्ट डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार बेलुकी हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा७प ३१३१ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप