बुद्धिचाल प्रतियोगिता : आशिष र रुपेसको अग्रता
शनिबार, २९ असोज २०७९, ११ : ५३
गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा एनआरएनएका आशिष फुयाँलले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुरवीर लामालाई हराएका आशिषले तेस्रो चरणमा नेपाल आर्मीका मिलन लामालाई हराए ।
प्रतियोगिताका शीर्ष वरीयताका खेलाडी आर्मीका रुपेसको पनि ३ अंक छ । उनले दोस्रो चरणमा प्रदेश–१ का प्रज्वल घिमिरे तथा तेस्रो चरणमा एनआरएनएका कृष्ण थापालाई हराए । बागमतीका निकेन कुसाराले ३ अंक जोडेका छन् । पुलिस क्लबका क्षितिज भण्डारी र आर्मीका सजिन महर्जनको २ दशमलव ५ अंक छ ।
महिलातर्फ आर्मीकी सुजना लोहनी ३ अंक सहित शीर्ष स्थानमा छिन् । यसैगरी, एनआरएनकी सुशीला गुरुङ र प्रदेश –१ की खुस्बु थापाको पनि समान ३ अंक छ । यसैगरी प्रदेश –१ की कृत्तीसरा अधिकारी र गण्डकी प्रदेशकी पूजा भण्डारीले २ दशमलव ५ अंक जोडेकी छन् । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण