बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१८ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी

शनिबार, २९ असोज २०७९, १६ : २३
शनिबार, २९ असोज २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । प्रतिनिधिसभा तर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

यसैगरी ७ वटै प्रदेशका लागि समानुपातिक तर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणाली तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानीसमेत सुरु भइसकेको छ । हालसम्म १८ जिल्लामा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

जसमा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्ला रहेका छन् ।  पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि शनिबारसम्म १७ लाख मतपत्र छपाइ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप