रुपन्देही–२ : यी हुन् गठबन्धनले साथ दिने सम्भावित उम्मेदवार
प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं. २ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार राजु गरुङको उम्मेदवारी रद्द भए पनि त्यसका विरुद्ध गुरुङले कानुनी लडाइँ सुरु गरेका छन् । अदालतले यसबारे निर्क्यौल गर्न बाँकी रहेकै अवस्थामा उनको उम्मेदवारी खारेजीले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई सहज भएको चर्चा स्थानीयस्तरमा चलिरहेको छ ।
रुपन्देहीको निर्वाचन कार्यालयले उम्मेदवारी रद्द गरेपछि सर्वोच्च अदालत गएका राजुको उम्मेदवारी कामय नभए विष्णु पौडेलका लागि चुनावी मैदान खाली हुने चर्चा चलिरहेका बेला सत्तारुढ गठबन्धनले भने मैदान खाली हुन नदिने रणनीति बनाएको छ ।
यदि गुरुङको उम्मेदवारी कायम नभए रुपन्देही–२ मा गठबन्धनका दलले राष्ट्रिय जनमुक्ति पार्टी वा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई साथ दिने संकेत देखिएको छ । यी दुई दलका उम्मेदवार सशक्त छन् । दुवै शिक्षित र योग्य युवा नेता हुन् । राष्ट्रिय जनमुक्तिका कार्यकारी अध्यक्ष केशवबहादुर थापा (सुर्यवंशी) ले रुपन्देही–२ बाट उम्मेदवारी दिएका छन् भने नेपाल मजुदर किसान पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासीले पनि उम्मेदवारी दिएका छन् ।
यी दुवै युवा नेता राम्रो छवि भएका उम्मेदवार हुन् । उच्च शिक्षा अध्ययन गरिसकेका यी युवाको राजनीतिक भविष्यलाई यस पटकको रुपन्देही–२ को निर्वाचनले थप बलियो बनाउने देखिएको छ । ठूला दलको उम्मेदवार नभएमा यी साना दलका उम्मेदवारले त्यसको फाइदा उठाउन सक्ने आकलन गरिएको छ ।
आफ्नो उम्मेदवार नभएपछि पाँच दलीय गठबन्धनले यी दुईमध्ये एकलाई समर्थन गर्ने वाध्यात्मक अवस्था सिर्जना भएको र उनीहरु पनि गठबन्धनका नेताहरुसँग छलफल गरिरहेका छन् ।
जनमुक्तिका केशवबहादुर थापाले भने, ‘चुनावी एकताबारे गठबन्धनका नेताहरुसँग छलफल गरिरहेको छु, राजुजी अदालत गएपछि नेताहरुले पर्खिएका छन्, कुराकानी माथिल्लो तहसम्म पनि पुगेको छ ।’
त्यस्तै मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीले पनि गठबन्धन दलसँग परामर्श थालेको बताएका छन् । गठबन्धन दलसँग सहमति गरेर निर्वाचनमा जान आफू तयार रहेको भन्दै उनले राजनीतिक तथा वैचारिक कार्यदिशाबारे छलफल गर्न सकिने बताए ।
रुपन्देही–२ मा सात वटा दलबाट ७ जना र ८ जना स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्येबाट गठबन्धनका दलले रोज्न सक्ने नेताहरु यी दुई नै हुन् । स्वतन्त्र भनेर उम्मेदवारी दिएका दुई जना एमालेका डमी उम्मेदवार हुन् । ती दुवै उम्मेदवारलाई प्रयोग गरेर एमालेले राजु गुरुङ र अर्का स्वतन्त्र उम्मेदवार डा. कमल भुसाल (निकोलस) विरुद्ध उजुरी हाल्न लगाएर उम्मेदवारी खारेज गराएको थियो ।
राजु गुरुङको उम्मेदवारी कायम नभए अन्य साना दलका कुनै एक उम्मेदवारलाई सर्मथन गर्ने गरी रणनीति तयार हुने माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जीसीले बताए । उनले भने, ‘बाहिर चर्चा भएजस्तो रुपन्देही–२ को मैदान खाली हुन दिँदैनौं, राजु गुरुङको उम्मेदवारीबारे फाइनल भएपछि रणनीति तयार गर्छौं ।’
नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले पनि नयाँ रणनीति अनुसार निर्वाचमा जाने तर मैदान खाली हुन नदिने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण