जोशीको निधनप्रति आयोगद्वारा दुःख व्यक्त
आइतबार, ३० असोज २०७९, २० : ३५
राष्ट्रिय मानव अधिकार आयोगले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको निधनले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एउटा अमूल्य स्रष्टा गुमाएको उल्लेख छ ।
“भाषा, साहित्य र संस्कृतिको माध्यमबाट मानव अधिकार संस्कृति विकासका लागि उहाँले पु¥याउनुभएको योगदानको आयोग कदर गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “स्वर्गीय जोशीको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिनुका साथै सरकारबाट उच्च मूल्याङ्कन हुनेछ भन्ने आयोगले विश्वास लिएको छ ।” आयोगले दुःखद् घडीमा स्वर्गीय जोशीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण