लुम्बिनीमा तीन दिनसम्म दानपेटिकाको रकम गनिँदै
रुपन्देहीको लुम्बिनीमा दानपेटिकाको भेटी रकम गन्ने काम शुरु गरिएको छ । लुम्बिनी विकास कोषले आइतबार मायादेवी मन्दिरमा रहेको दानपेटिका खोलेको स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दान पेटिका खोलिएको हो ।
आर्थिक वर्ष ०७९/८० शुरु भएपछि कोषले पहिलो पटक दानपेटिका खोलिएको हो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको गणना कार्य तीन दिनसम्म चल्ने विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको बताए ।
राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी, र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रतिनिधिहरुको उपस्थितिमा दानपेटिका खोलिएको हो । भेटी गणना स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । २४ जना गणकहरुको उपस्थितिमा भेटी गणना गरिएको लेखा शाखाका विकास लामाले बताए ।
यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रुपमा दानलाई लिने गरिएको छ । आन्तरिक आम्दानी बाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण