‘मारुनी’ लाई उत्कृष्ट फिल्मको अवार्ड
सोमबार, ३१ असोज २०७९, १२ : २६
निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।
अवार्ड थाप्नका लागि पुनम पनि अमेरिका पुगेकी थिइन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । समलिङ्गी प्रेम कथामा निर्माण भएको यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको थियो ।
‘मलाई यो अवार्डले अझ हौसला मिलेको छ । हामी, चाडै नै अर्को फिल्म बनाउने तयारीमा छौं ’ अवार्ड थापेपछि पुनमले भनिन् । यसअघि यो फिल्म ‘डी सिने अवार्ड’ मा पनि उत्कृष्ट सावित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण