बैंकमा फर्कियो ८ अर्ब रुपैयाँ : कर्जा लगानीमा स्थिरता
सोमबार, ३१ असोज २०७९, १७ : ३७
पछिल्लो साता वाणिज्य बैंकको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार गत असोज २१ गतेदेखि २८ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो ।
अघिल्लो हप्ता अर्थात् असोज १४ गतेदेखि २१ गतेसम्म बैंकहरुले ८ अर्ब रुपैयाँले नै निक्षेप गुमाउँदै ४५ खर्ब ११ अर्ब सङ्कलन गरेका थिए । तर, समीक्षा अवधिमा यता कर्जा लगानीतर्फ भने स्थिरता कायम भएको छ । संघको रिपोर्ट अनुसार असोज २१ गतेसम्म कुल ४१ खर्ब ९३ अर्ब लगानी गरेका बैंकहरुले पछिल्लो साता अर्थात् असोज २८ गतेसम्म पनि सोही लगानी कायम गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण