सुदूरपश्चिममा हुलाकी सडक : अर्बौ लगानी, गति सुस्त
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।
सुदूरपश्चिमको उक्त क्षेत्रमा हुलाकी सडक झण्डै तीस महिनायता निर्माणाधीन अवस्थामा रहेको छ । कैलालीमा लम्कीदेखि टीकापुरतर्फको पहिलो प्याकेज (८ किलोमिटर) सडक निर्माण कम्पनीले ६४ प्रतिशत भौतिक प्रगति गरेपनि खङ्ग्रौलासम्मको बाँकी दुई प्याकेजमा २५ देखि ३० प्रतिशत मात्रै काम भएको छ । विसं २०७७ जेठदेखि निर्माणको जिम्मा पाएका निर्माण कम्पनिले कोरोना कहरका बेला काम गर्न नपाउँदा पनि निर्माणमा ढिलाइ हुन गएको बताएका छन् ।
लम्कीदेखि खङ्ग्रौला नाकासम्म साढे २९ किलोमिटर सडकमा अहिले पहिलो प्याकेजको एक किलोमिटर सडक कालोपत्रको तयारी भइरहेको छ । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर दीपक सुनारले आयोजना अन्तर्गत कैलाली र कञ्चनपुरमा सडक निर्माणको कामले गति लिन नसकेको बताए । “कोरोनाले गर्दा पनि काम प्रभावित हुँदा ढिलाइ भयो”, उनले भने,“कञ्चनपुरमा भइरहेको काम असारमा नसकिए निर्माण व्यवसायीलाई गाह्रो पर्ने स्थिति पनि हो ।” लम्कीदेखि दक्षिण टीकापुरतर्फको आठ किलोमिटर सडकलगायत संरचना निर्माणका लागि रु ४० करोड लागत छ ।
उनका अनुसार उक्त सडकको दोस्रो प्याकेज दश र अन्तिम प्याकेज साढे ११ किलोमिटर निर्माण गर्नुपर्ने छ । “दोस्रो प्याकेज रु ४१ करोड र तेस्रो रु ३३ करोडको हो”, उनले भने, “काम चलिरहेको भए पनि द्रुतगतिमा भने छैन् ।” तीन वटै प्याकेजको समय भने आगामी मङ्सिरसम्म मात्र रहेको छ । त्यसैगरी धनगढी क्याम्पस रोडदेखि भजनीसम्मको ६२ किलोमिटर सडकमध्ये १८ किलोमिटर कालोपत्र भइसकेको सूचना अधिकृत सुनारले बताए । “सो सडकमा चार वटा प्याकेजमा ४४ किलोमिटर सडक निर्माण जारी छ”, सुनारले भने,“उक्त काम रु एक अर्ब ३० करोडको लगानीमा बन्दै छ ।” सो क्षेत्रमा निर्माणाधीन सडकको गति पनि सुस्त नै रहेको छ ।
त्यसैगरी कञ्चनपुरको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये ३४ किलोमिटर कालोपत्र सकिएको छ । विसं २०७३ फागुनमा ३० महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको उक्त सडक दोब्बर समय सकिँदा पनि करिब ५० प्रतिशत काम बाँकी रहेको छ । डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर, बेलौरीदेखि बेल्डाडीसम्को २० र बेल्डाडीदेखि दैजीसम्म २२ किलोमिटर सडक तीन प्याकेजमा काम भइरहेको छ ।
यहाँ पहिलो प्याकेजको काम सम्पन्न हुने चरणमा रहेपनि अरु दुई प्याकेजमा बाँकी छ । उनले भने,“ कञ्चनपुरमा निर्माण व्यवसायीको ढिलासुस्तीले पनि काममा ढिलासुस्ती भयो ।” कञ्चनपुरमा निर्माणाधीन उक्त हुलाकी सडकको काम तीन प्याकेजमा गरी रु एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण