लुम्बिनीमा छिट्टै प्रदेश प्रहरी संगठन बन्छ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भइसकेकोले अब छिट्टै प्रदेश प्रहरीको संगठन निर्माण गरिने बताएका छन् ।
बुटवलमा सोमबार आयोजित ६७ औँ प्रहरी दिवस कार्यक्रममा केसीले नेपाल प्रहरीले नागरिकको सुरक्षामा कर्तव्यनिष्ठ भइ काम गर्नुपर्ने बताए । संगठनको पहिचान र उचाइलाई थप विकास गर्नका लागि प्रहरीले जिम्मेवार भएर काम गर्नुपर्ने उनले उल्लेख गरे ।
अबको संघात्मक अवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन निर्माण गरी संघ र प्रदेशमा शान्ति अमनचयन कायम गरिने केसीको भनाइ थियो । मुलुकको राजनीतिक परिवर्तनमा प्राण आहूति दिएका अमर प्रहरीप्रति श्रद्धाञ्जली समेत व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेपाल प्रहरी सधै जनताको सेवामा समर्पित हुनुपर्ने बताए । लुम्बिनी प्रहरी प्रमुख नलप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण