एक लाख २० हजार बराबरको अवैध पटाका नष्ट
सोमबार, ३१ असोज २०७९, १९ : ०४
अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी मूल्य रु एक लाख २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गरेको थियो ।
इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल दत्त, वडा नं ४ का वडाध्यक्ष विदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्रमुख र त्यहाँस्थितको पत्रकारको रोहवरमा अवैध पटाका नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण