मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सफ्ट टेनिसमा एपीएफ र पुलिसलाई स्वर्ण

मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ५४
मङ्गलबार, ०१ कात्तिक २०७९

पुलिस क्लबका कमल भण्डारी र नउबहादुर लुंगेलीको जोडीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरुष युगलमा स्वर्ण पदक जितेका छन् । मंगलबार भएको फाइनलमा कमल र नउबहादुरको जोडीले प्रदेश –१ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–३ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।

पोखरा रंगशालामा भएको खेलमा पुरुष युगलमा बागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डे तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडीले कास्य पदक जितेका छन् ।

महिला युगलमा एपीएफ क्लबका भगवती बिक र समृद्धि महर्जनको जोडीले लुम्बिनी प्रदेशहरुका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० ले हराएर स्वर्ण जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप