सफ्ट टेनिसमा एपीएफ र पुलिसलाई स्वर्ण
मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ५४
पुलिस क्लबका कमल भण्डारी र नउबहादुर लुंगेलीको जोडीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरुष युगलमा स्वर्ण पदक जितेका छन् । मंगलबार भएको फाइनलमा कमल र नउबहादुरको जोडीले प्रदेश –१ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–३ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।
पोखरा रंगशालामा भएको खेलमा पुरुष युगलमा बागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डे तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडीले कास्य पदक जितेका छन् ।
महिला युगलमा एपीएफ क्लबका भगवती बिक र समृद्धि महर्जनको जोडीले लुम्बिनी प्रदेशहरुका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० ले हराएर स्वर्ण जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण