नेपालको राजनीतिलाई ओलीले दुर्गन्धित बनाए : घनश्याम भुसाल
नेकपा एमालेबाट विद्रोह गरेर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाएका छन् । सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै भने, ‘प्रधामन्त्रीको कुर्सीमा बसेर संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै नेपालको राजनीति दुर्गन्धित, धमिलो र फोहोर बनाएका हुन् ।’
संसद र संविधानको रक्षाका लागि आफूले पार्टीमा सधैँ संघर्ष गरेको स्मरण गर्दै भुसालले ओलीले अराजनीतिक गतिविधि नगरेको भए मुलुकको राजनीति अहिले अर्कै अवस्थामा पुगिसकेको हुन्थ्यो भन्ने जिकिर गरे । ओलीले पार्टीभित्र व्यक्तिवाद लाद्ने र बाहिर अराजनीतिक गतिविधि गरेका कारण पार्टीमा विभाजन आएको उनको भनाइ छ ।
संविधान निर्माणपछि देश विकास र समृद्धिको दिशामा अघि बढ्न लागेको बेला ओलीले नेपालको राजनीति धमिल्याउने काम गरेको उनको आरोप छ ।
भुसालले आफ्नो उम्मेदवारीले सिङ्गो देशकै ध्यान रुपन्देही–१ मा केन्द्रित भएको पनि चर्चा गरे । रुपन्देही–१ पूर्वाधार विकासमा पछि परेकाले यसको समृद्धिका लागि अब आफूले पहल गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण