सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने
बुधबार, ०२ कात्तिक २०७९, १३ : ०२
सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले यसका लागि आगामी पुस ७ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस २८ गतेको वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि गरिने बुक क्लोज अघिसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश पाउँछन् ।
होटलले आफ्नो चुक्ता पूँजीको २१.३१५ प्रतिशत अर्थात १७ करोड ९६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । कम्पनीको २४१ औं बोर्ड बैठकले गरेको प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण