सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने
बुधबार, ०२ कात्तिक २०७९, १३ : ०२

सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले यसका लागि आगामी पुस ७ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस २८ गतेको वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि गरिने बुक क्लोज अघिसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश पाउँछन् ।
होटलले आफ्नो चुक्ता पूँजीको २१.३१५ प्रतिशत अर्थात १७ करोड ९६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । कम्पनीको २४१ औं बोर्ड बैठकले गरेको प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
‘काठमाडौँ फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल