नेमकिपाका देशभर ४ सय ५८ जना उम्मेदवार चुनावी मैदानमा
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले प्रत्यक्ष र समानुपातिक गरी ४ सय ५८ जना उम्मेदवार मैदानमा उतारेको छ । यो दलको तर्फबाट देशमा ७७ जिल्लामध्ये ५८ जिल्लामा उम्मेदवारी दिइएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ९ जना उम्मेदवार उठाएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ९० जना उम्मेदवार उठाएको छ । यसरी प्रतिनिधिसभामा मात्रै नेमकिपाले १ सय ९९ जना उम्मेदवार खडा गरेको नेमकिपाका सचिव प्रेम सुवालले रातोपाटीलाई जानकारी दिए ।
प्रदेशसभा तर्फ सबै प्रदेशमा गरेर समानुपातिकतर्फ १ सय ३७ जना उम्मेदवार रहेका छन् भने प्रत्यक्षतर्फ १ सय २४ जना उम्मेदवार उठाएको छ । प्रदेशसभामा नेमकिपाले २ सय ५९ जना उम्मेदवार उठाएको छ । निर्वाचनमा जितेको आधारमा मात्र राजनीतिक दलको मूल्याङ्कन गर्न नहुने सुवाल बताउँछन् ।
उनले भने– ‘निर्वाचन जित्दैमा दल ठूलो हुने र ठीक हुने भए त ३० वर्षमा नेपाली जनाले यति धेरै दुःख पाउनुपर्ने थिएन । नेपाली जनताहरु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कब्जामा पर्नुपर्ने थिएन । चुनाव जित्दैमा मात्रै दल ठूलो हुने हैन, हामीले सबै क्षेत्रमा चुनाव नजितेपनि देशको ठूलो भूभागमा हाम्रो संगठन फैलिएको छ ।’ अघिल्लो निर्वाचनमा नेमकिपाको प्रतिनिधि सभामा १ सिट र बागमती प्रदेशमा २ सिट रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण