सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेमकिपाका देशभर ४ सय ५८ जना उम्मेदवार चुनावी मैदानमा

बुधबार, ०२ कात्तिक २०७९, १६ : १०
बुधबार, ०२ कात्तिक २०७९

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले प्रत्यक्ष र समानुपातिक गरी ४ सय ५८ जना उम्मेदवार मैदानमा उतारेको छ । यो दलको तर्फबाट देशमा ७७ जिल्लामध्ये ५८ जिल्लामा उम्मेदवारी दिइएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ९ जना उम्मेदवार उठाएको छ भने  समानुपातिक निर्वाचन प्रणालीतर्फ ९० जना उम्मेदवार उठाएको छ । यसरी प्रतिनिधिसभामा मात्रै नेमकिपाले १ सय ९९ जना उम्मेदवार खडा गरेको नेमकिपाका सचिव प्रेम सुवालले रातोपाटीलाई जानकारी दिए । 

प्रदेशसभा तर्फ सबै प्रदेशमा गरेर समानुपातिकतर्फ १ सय ३७ जना उम्मेदवार रहेका छन् भने प्रत्यक्षतर्फ १ सय २४ जना उम्मेदवार उठाएको छ । प्रदेशसभामा नेमकिपाले २ सय ५९ जना उम्मेदवार उठाएको छ ।  निर्वाचनमा जितेको आधारमा मात्र राजनीतिक दलको मूल्याङ्कन गर्न नहुने सुवाल बताउँछन् ।

उनले भने– ‘निर्वाचन जित्दैमा दल ठूलो हुने र ठीक हुने भए त ३० वर्षमा नेपाली जनाले यति धेरै दुःख पाउनुपर्ने  थिएन । नेपाली जनताहरु अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कब्जामा पर्नुपर्ने थिएन । चुनाव जित्दैमा मात्रै दल ठूलो हुने हैन, हामीले सबै क्षेत्रमा चुनाव नजितेपनि देशको ठूलो भूभागमा हाम्रो संगठन फैलिएको छ ।’ अघिल्लो निर्वाचनमा नेमकिपाको प्रतिनिधि सभामा १ सिट र बागमती प्रदेशमा २ सिट रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप