देउवासँग ‘लाइभ डिबेट’बारे थप बोले ओली
चुनावको मुखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग लाइभ डिबेटको प्रस्ताव गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयलाई आमसञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
यस्ता लाइभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गरिने भएकाले ओलीले सञ्चार माध्यम र सम्पादकहरूले धारणा पनि माग गरेका छन् । ‘मैले हिजो एजेण्डा आधारित बहसका लागि नेकाका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ’, ओलीले सामाजिक सञ्जालमार्फत बुधबार भनेका छन्, ‘यस विषयलाई आम सञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएँ । यसप्रति म खुसी छु । विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिन्छ । यहाँका सञ्चारमाध्यम र सम्पादकज्यूहरुले यस विषयमा के सोच्नु भएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु ।’
ओलीले लाइभ डिबेटको प्रस्ताव गरेपछि यसबारे सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण