रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन
रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार “मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु,” पुटिनले टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भने ।
सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो । ७० वर्षीय रुसी नेताले भने, “कीभ सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको छ, वार्ताका लागि कुनै पनि प्रस्ताव अस्वीकार गरेको छ, गोली चलिरहेको छ, नागरिकको मृत्यु भइरहेको छ ।”
उनले युक्रेनले ‘आतङ्कवादी तरिका’ प्रयोग गरेको आरोप लगाए । रूसी नेता पुटिनले भने, “उनीहरूले हाम्रो भूमिमा विध्वंसकारी समूहहरू पठाउने गरेका छन् । मस्कोले क्रिमिया पुललाई लक्षित गरी भएको पहिलो घटना बाहेकका अन्य आक्रमणहरूलाई विफल पारेको छ ।”
रूसी कानुनअनुसार सैनिक कानुनले सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिकको नजरबन्दको अनुमति दिन्छ । रूसी राष्ट्रपति पुटिनले भने– “हामी सुरक्षा सुनिश्चित गर्न र रुसको भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू समाधान गर्न काम गरिरहेका छौं ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण