मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै

मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन् ।
कुल दुई करोड ११ लाख ७३ हजार छ सय ३८ मतदातालाई सेवा दिन तीन लाख ६३ हजार पाँच सय १५ जना निर्वाचन अधिकृत खटाइने छ । देशभर आठ हजार नौ सय ५८ मतदान केन्द्र सञ्चालन गरिने छन् । सन् २०२० को फेब्रुअरीमा पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको राजीनामापछि दुईजना प्रधानमन्त्री नियुक्त भएपनि देशमा राजनीतिक अनिश्चितताको अन्त्य नभएकाले प्रधानमन्त्री इस्माइल साब्री याकोबले गत असोज २४ गते संसद् विघटन गरेर तत्काल निर्वाचनका निम्ति मार्ग प्रशस्त गरेका थिए ।
दुई वर्षअघि मुहिद्दिन यासिन प्रधानमन्त्रीमा नियुक्त भएपनि आफ्नै गठबन्धनबाट संसद्का सदस्यहरूले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए । त्यसपछि इस्माइल साबरीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
संसद्मा थिङको नियमापत्ति : मानवतस्करी भनेर कसलाई भन्न खोजिएको हो ? पुष्टि गर्न सकिन्छ ?
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)