कर्णालीमा यातायात तथा हवाई सेवा सहज बनाउन आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ । आयोगका सहसचिव डा टीकाराम पोखरेलले २०७९ असोज २१ गतेदेखि अवरुद्ध जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकको आवतजावतमा कठिनाइ उत्पन्न भएको उल्लेख गर्दै उक्त आग्रह गरेको जानकारी दिए ।
आवतजावतमा देखिएको समस्याका कारण दसैँ मनाउन घर गएका नागरिक गन्तव्यस्थलमा फर्किन नपाएको परीक्षार्थी परीक्षा स्थलमा पुग्न नपाइरहेको, आकस्मिक उपचारको आवश्यक परेका बिरामी तथा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी समस्यामा परेको आयोगले जनाएको छ । हुम्लामा चामलको भण्डारण सकिएको एवं जुम्लामा करिब सात सय र मुगुमा करिब एक सय ५० जना नागरिक अलपत्र अवस्थामा रहेको पाइएको छ ।
आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बुधबार छलफल गर्नुका साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग आवश्यक जानकारीसमेत लिएको छ । आयोगले कर्णालीमा अलपत्र परेका नागरिक विशेषतः सुत्केरी, गर्भवती, बिरामी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, परीक्षार्थीलाई तत्काल विशेष व्यवस्था गर्ने, वायुसेवा कम्पनीलाई जिम्मेवार बनाउन आग्रह गरेको छ ।
साथै, उडान सङ्ख्या थप गर्ने, उडान नियमित गर्ने, हवाई टिकट पारदर्शी बनाउने, टिकट वितरण प्रणाली पहुँचयुक्त बनाउने, दुर्गम पहाडी तथा हिमाली जिल्ला हवाई सेवा समस्या समाधानका लागि तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने नीतिगत तथा कार्यगतलगायतका विषयमा आयोगले प्राधिकरणलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण