यस्तो छ ओली उम्मेदवार रहेको क्षेत्रसहित झापाको नमुना मतपत्र
एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ को मतपत्रमा २५ वटा चुनाव चिह्न रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको वास्तविक नमुना मतपत्रमा २५ वटा चुनाव चिह्न रहेको हो ।
पहिलो नम्बरमा एमालेको सूर्य चिह्न रहेको छ भने दोस्रोमा कांग्रेसको रुख तथा तेस्रोमा जसपाको छाता रहेको छ । यस्तै मतपत्रको अन्तिममा स्वतन्त्र उम्मेदवारको चेस चुनाव चिह्न रहेको छ । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ ।
यसैगरी, जनता समाजवादी पार्टी नेपालले ओममाया आङदेम्वे, नेपाल मजदुर किसान पार्टीले रुद्रप्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीले भीम राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनले सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कविन्द्र शेर्मा लिम्बु, नेश्नलिष्ट पिपल्स पार्टीले राजन चुडाल, राष्ट्रिय जनमुक्ति पार्टीले पदमबहादुर जवेगु, नेपाली कांग्रेस (बीपी) ले सेखरनाथ सेडाई, सचेत नेपाली पार्टीले रामप्रसाद पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीले शुरेसकुमार पोखरेललाई उम्मेदवार बनाएको छ ।
यसैगरी, दीपककुमार पाठक (युग पाठक), कल्पना लावती, रोहितप्रसाद पौड्याल, रामचन्द्र बानिया, भेषराज भट्टराई, सीताराम पोख्रेल, तिर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमणि दाहाल, केदारनाथ चापागाई, रेवतीरमण खनाल र तुलसीराम काफ्ले स्वतन्त्र उम्मेदवार रहेका छन् । यसैगरी झापा क्षेत्र नम्बर ३ को वास्तविक नमुना मतपत्रमा १८ चुनाव चिह्न रहेको छ भने क्षेत्र नम्बर ४, २ र १ मा पनि १८ चुनाव चिह्न रहेको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण