सर्वाधिक चासो रहेको गोरखा–२ को यस्तो छ नमुना मतपत्र, प्रचण्डसहित को–को छन् उम्मेदवार ?
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेदवारीका कारण चर्चामा छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नमुना मतपत्रमा १२ नमुना मतपत्र रहेको छ । जसअनुसार एमालेको चुनाव चिह्न सूर्य पहिलो नम्बरमा रहेको छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा रहेको छ । यस्तै तेस्रोमा राप्रपाको हलो र चौथोमा नेमकिपाको मादल रहेको छ ।
२ मा माओवादी प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा प्रचण्डका मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका अब्दुस सलाम मियाँ रहेका छन् । अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीका प्रसाद लामिछाने, हाम्रो नेपाली पार्टीका प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेत र नेकपा मालेका नारायणबाबु आचार्य उम्मेदवार रहेका छन् ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर गुरुङ, नेपाली कांग्रेस बीपीका टिकादत्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी तथा दुई स्वतन्त्र उम्मेदवार गणेश देवकोटा र विनोदकुमार गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् । यीमध्ये एमालेका २९ बर्षीय मियाँ र कांग्रेस वीपीका ९९ बर्षीय पोखरेल समेत यही क्षेत्रका उम्मेदवार भएकाले यहाँको निर्वाचन रोचक हुने देखिएको छ ।
यसैगरी गोरखा १ को मतपत्रमा १० वटा निर्वाचन चिह्न रहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण