आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव केन्द्रित सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखसँग मानवअधिकार आयोगको चासो

शुक्रबार, ०४ कात्तिक २०७९, १५ : ४०
शुक्रबार, ०४ कात्तिक २०७९

राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग चुनाव केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि भइरहेको शान्तिसुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसहित सुरक्षा निकायका अधिकृतहरूसँग आयोगले छलफल गरेको हो ।

सो छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा। सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिएका छन् । 

सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरुले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीको बारेमा जानकारी गराएको आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिएका छन् । 

छलफलमा आयोगका कार्यवाहक अध्यक्षका साथै सदस्यहरु मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, का.मु.सचिव मुरारिप्रसाद खरेल लगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप