चुनाव केन्द्रित सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखसँग मानवअधिकार आयोगको चासो
राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग चुनाव केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि भइरहेको शान्तिसुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसहित सुरक्षा निकायका अधिकृतहरूसँग आयोगले छलफल गरेको हो ।
सो छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा। सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।
सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरुले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीको बारेमा जानकारी गराएको आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिएका छन् ।
छलफलमा आयोगका कार्यवाहक अध्यक्षका साथै सदस्यहरु मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, का.मु.सचिव मुरारिप्रसाद खरेल लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण