सडकमा बसेर बैंकको पालो कुर्न बाध्य वृद्धवृद्धा
जाजरकोट भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन यहाँका वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन् । बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन् । तीन घण्टाभन्दा बढी हिडेर बैंकमा आएका जेष्ठ नागरिकहरुले पालो नपाउँदा भुइँमा बसेर सेवा लिन बाध्य भएको बताएका छन् ।
बैंकको अगाडि साना हलुका सवारी साधन रोक्ने र टिकट काट्ने ठाउँसमेत रहेको सिटिजन्स बैंक अगाडि सेवा लिन पुगेका जेष्ठ नागरिकहरु चिसो भुइँमा बसेर हैरान खेप्नु परेको छ । घरमा लिएर भत्ता बुझाइदिएको भए यति धेरै दुख गर्नुपर्ने अवस्था नहुने भेरी १ रिम्नाकी पबी रानाले बताए ।
बुढेसकालमा भत्ता बुझन नै बैंकमा आएर लाइन लाग्नु पर्ने , ठाउँ नभएर सडकमा बस्नु पर्ने बाध्यता नहुने उनले बताए । बैंकले बस्ने व्यवस्थापन नगर्दा आफूहरुले समस्य खेप्नु परेको अर्का जेष्ठ नागरिक रामबहादुर ओलीले बताए ।
सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जना जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिदै आएको म्यानेजर टरर्जन अधिकारीले बताए । उनका अनुसार सुरुमै सामाजिक सुरक्षा वितरण गर्ने जिल्लाकै पहिलो बैंक सिटिजन्स रहेको दाबी गरे । एकै पटक धेरै व्यक्ति आउने भएकाले समस्या भएको उनको भनाइ छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण