मध्यप्रदेशमा बस दुर्घटना : १५ जनाको मृत्यु, ३५ गम्भीर घाइते
मध्य प्रदेशको रीवा नजिक राष्ट्रिय राजमार्ग–३० मा शुक्रबार राति एउटा ठुलो दुर्घटना भएको छ । बस र ट्रेलर एक आपसमा ठोक्किँदा १५ यात्रुको मृत्यु भएको छ भने ५५ यात्रु घाइते भएका छन् । यसमध्ये ३५ जना गम्भीर रहेका ५न् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ।
रेवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा शुक्रबार राति ११ः३० बजे दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार पहाडबाट ओर्लने क्रममा बस ट्रकमा ठोक्किएको थियो । दुर्घटना हुँदा बसको गति निकै तीव्र थियो । बस हैदरावादबाट गोरखपुर जाँदै थियो । मृत्यु हुनेमा अधिकांश उत्तर प्रदेशका रहेको बताइएको छ । घाइते हुनेमा अधिकांश मजदुर रहेका छन् । सबै जना दीपावली मनाउन घर फर्किरहेका थिए ।
बसको अगाडिको भागमा बढी क्षति पुगेको रेवाका कलेक्टर मनोज पुष्पले बताए । जसका कारण बसको केबिन र अगाडिको सिटमा बसेका यात्रुको मृत्यु भएको छ भने घाइते यात्रुलाई सञ्जय गान्धी अस्पताल (रेवा) पठाइएको छ ।
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण