नेपाली विद्यार्थीले बनाएको गाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा
काठमाडौं विश्वविद्यालयमा इञ्जिनियरिङ पढ्दै गरेका विद्यार्थीको समूहले बनाएको फ्युल इफिसिएण्ट गाडी जुनकिरी अन्तराष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा सहभागी भएको छ । उक्त प्रतियोगिता क्षेत्र अनुसार ३ चरणमा गर्ने गरिन्छ। युरोप, अमेरिका र एशियाका लागि चरण छुट्याइएको छ ।
टिम जुनकिरी इन्डोनेसियामा भएको एशिया रिजनल प्रतियोगितामा सफलतापूर्वक प्रतिस्पर्धा गरेर आएको छ। उक्त माइलेज रेस कम्पिटिसन इन्डोनेसियाको लम्बोक सहरमा रहेको मोटो जीपी रेसिंग हुने पर्टामिना मण्डालिका सर्किटमा भएको थियो। सो प्रतियोगितामा नेपाल सहित भिएतनाम, काजकिस्तान, भारत, कोरियालागयतका १५ देश का लगभग ४६ ओटा विश्वविद्यालयका समूहहरूले सहभागिता जनाएको थिए।
अक्टोबर ११ देखि १५ सम्म भएको प्रतियोगितामा विद्यार्थीले पहिलो २ दिन शिप्मेंट कम्पनिले टेक्निकल समस्याले गर्दा गाडी समयमा पाउन सकेका थिएनन् । टेक्निकल जाच अक्टोबर १३ सम्म मात्र थियो, टेक्निकल जाँचमा १२० ओटा मुख्य मापदण्ड विद्यार्थीहरुले १ दिनको छोटो समयमा पास गरेका थिए।
काठमाडौं विश्वविद्यालयले विगतदेखि नै विद्यार्थीलाई ठुला ठुला प्रतियोगितामा सहभागिता गराएर, थियोरिटिकल नलेजलाई प्राक्टिकल मैदानमा उतार्दै विद्यार्थीको मनोबल उच्च बनाउँदै आइरहेको छ। सो प्रतियोगितामा सहभागी हुन केयूले गाडी ढुवानीमा १६ लाख रुपैयाँ सहयोग गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण