काबुलमा ६ आईएस लडाकू मारिए
शनिबार, ०५ कात्तिक २०७९, १३ : ५७
अफगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी ६ जना लडाकुलाई मारेको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन्।
इस्लामिक इमिरेट्सको विशेष एकाइहरूको बलले हिजो आइएस लडाकुहरूको लुकेको ठाउँ पत्ता लगाई २ जना लडाकुहरू पक्राउ गरेको थियो। मारिएका केही विद्रोहीहरू वजिर अकबर खानको मस्जिद र दश्त–ए–बर्ची जिल्लाको कलेजमा भएका घातक आतङ्ककारी हमलाहरूमा संलग्न थिए जसले हप्ता अघि दर्जनौं मानिसहरूलाई मारेका थिए।
मुजाहिदले पनि कारबाहीका क्रममा एक सुरक्षाकर्मी मारिएको र अर्का एक घाइते भएको पुष्टि गरेका छन् । अफगानिस्तानमा आईएस समूह विरुद्धको यो दोस्रो अपरेशन हो । केही दिनअघि उत्तरी कुन्दुज प्रान्तमा अफगान सेनाले यस्तै कारबाहीमा ५ आईएस लडाकू मारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण