मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काबुलमा ६ आईएस लडाकू मारिए

शनिबार, ०५ कात्तिक २०७९, १३ : ५७
शनिबार, ०५ कात्तिक २०७९

अफगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी ६ जना लडाकुलाई मारेको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन्। 

इस्लामिक इमिरेट्सको विशेष एकाइहरूको बलले हिजो आइएस लडाकुहरूको लुकेको ठाउँ  पत्ता लगाई २ जना लडाकुहरू पक्राउ गरेको थियो।  मारिएका केही विद्रोहीहरू वजिर अकबर खानको मस्जिद र दश्त–ए–बर्ची जिल्लाको कलेजमा भएका घातक आतङ्ककारी हमलाहरूमा संलग्न थिए जसले हप्ता अघि दर्जनौं मानिसहरूलाई मारेका थिए।

मुजाहिदले पनि कारबाहीका क्रममा एक सुरक्षाकर्मी मारिएको र अर्का एक घाइते भएको पुष्टि गरेका छन् । अफगानिस्तानमा आईएस समूह विरुद्धको यो दोस्रो अपरेशन हो । केही दिनअघि उत्तरी कुन्दुज प्रान्तमा अफगान सेनाले यस्तै कारबाहीमा ५ आईएस लडाकू मारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप