अनेसासले मनायो सत्यमोहन जोशीको शोक सभा
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा अनेसासले शोक सभाको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र, च्याप्टर र बोर्ड परिषद्को सहभागितामा आयोजित कार्यक्रममा विभिन्न साहित्यकारहरूले जोशीप्रति श्रदासुमन अर्पण गरेका छन् ।
कार्यक्रमका विशेष वक्ता साहित्यकार नरेन्द्रराज प्रसाईले जोशीसँगको सहयात्रा र जोशीको त्यागीपनाको चर्चा गर्दै शताब्दी पुरुषको उपाधिदेखि हुलाक टिकट प्रकाशनका बेलामा भएका गतिविधिको स्मरण गरे । अनेसासका पूर्वअध्यक्ष मोहन सिटौलाले जोशीसँगको यात्राको सम्झना गर्दै जोशीको स्वाभिमानी र स्वावलम्बीपनाको चर्चा गरे ।
कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बिओटी उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, सदस्य तीर्थराज अधिकारी, सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, सल्लाहकार गोविन्द गिरी प्रेरणा,वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौला लगायतले शोक मन्तव्य राखे ।
कार्यक्रमका सभापति तथा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले जोशीसँगको सम्बन्धको स्मरण गर्दै वर्ष दिन भित्र जोशीबारे लेखिएका संस्मरणहरूलाई छनोट गरेर जोशीको प्रथम वार्षिकीमा स्मारिका प्रकाशन गर्ने जानकारी पनि गराए । उनले अनेसासको आह्वानमा अन्तर्राष्ट्रिय रुममा असोज ३० लाई सत्यमोहन जोशी दिवसका रुपमा मनाउन पहल गर्ने पनि घोषणा गरे ।
अनेसासका एक मात्र विशिष्ठ सदस्यसमेत रहेका जोशीको जीवनकालमै अनेसासले उनको नामको पुरस्कारसमेत स्थापना गरेको छ । कार्यक्रममा विश्वभरका पाँच दर्जन साहित्यकारहरूको प्रत्यक्ष जुम सहभागिता रहेको थियो । तीनपटक मदन पुरस्कारद्वारा पुरस्कृत जोशीको गत असोज ३० मा १०३ वर्षको उमेरमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण