पाल्पामा कौडा खेल्न प्रतिबन्ध
पाल्पामा कौडा खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले जुवा, तास तथा कौडा खेल्न प्रतिबन्ध लगाएको हो । तिहारका बेला कौडा, जुवा तासका खेल धेरै हुने भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । तिहार, छठ तथा नेपाल संवत् जस्ता चाडपर्वका बेला कानुन विपरीतका खेल कौडा तथा तास नखेल्न प्रशासनले सूचना निकालेर पाल्पावासीमा अनुरोध गरेको हो ।
प्रशासनले सूचना प्रकाशन गर्दै यस्ता गतिविधि भए कानुन अनुसार कारबाही गरिने जनाएको छ । त्यस्तै आतिसबाजी, पटका जस्ता विष्फोटक पदार्थको किनबेच, ओसारपसार र प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले तिहारका बेला राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरेको छ । राति ९ बजेपछि देउसीभैलो खेल्न र देउसीभैलो खेल्दा घरबेटीको स्वीकृति लिन साथै निर्वाचन आचारसंहितालाई समेत पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बजारमा देखिएका प्लास्टिकका माला समेत प्रयोग नगर्न आह्वान गरिएको बताए । कानुन विपरीतका कार्य गरे कारबाही गरिने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण