सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा कौडा खेल्न प्रतिबन्ध

सोमबार, ०७ कात्तिक २०७९, १० : १०
सोमबार, ०७ कात्तिक २०७९

पाल्पामा कौडा खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले जुवा, तास तथा कौडा खेल्न प्रतिबन्ध लगाएको हो । तिहारका बेला कौडा, जुवा तासका खेल धेरै हुने भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । तिहार, छठ तथा नेपाल संवत् जस्ता चाडपर्वका बेला कानुन विपरीतका  खेल कौडा तथा तास नखेल्न प्रशासनले सूचना निकालेर पाल्पावासीमा अनुरोध गरेको हो ।

प्रशासनले सूचना प्रकाशन गर्दै यस्ता गतिविधि भए कानुन अनुसार कारबाही गरिने जनाएको छ । त्यस्तै आतिसबाजी, पटका जस्ता विष्फोटक पदार्थको किनबेच, ओसारपसार र प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले तिहारका बेला राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरेको छ । राति ९ बजेपछि देउसीभैलो खेल्न र देउसीभैलो खेल्दा घरबेटीको स्वीकृति लिन साथै निर्वाचन आचारसंहितालाई समेत पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बजारमा देखिएका प्लास्टिकका माला समेत प्रयोग नगर्न आह्वान गरिएको बताए । कानुन विपरीतका कार्य गरे कारबाही गरिने उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप