अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु
मङ्गलबार, ०८ कात्तिक २०७९, ०८ : ५१
संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको छ ।
बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण