आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भागदौडमा १५१ जनाको मृत्यु भएपछि दक्षिण कोरियामा आइतबार राष्ट्रिय शोक

आइतबार, १३ कात्तिक २०७९, ११ : ५७
आइतबार, १३ कात्तिक २०७९

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा  १५१ जनाको मृत्यु भएपछि आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन् । राष्ट्रपति युनले पीडितहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘यो वास्तवमै दुखद हो’ उनले एक विज्ञप्तिमा भने ‘एक त्रासदी घटना  राजधानी सिउलको मुटुमा भएको छ ।’ सयोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका थिए । उक्त घटनाप्रति विश्व नेताहरूले शोक प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप