अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’ को छायांकन
अभिनेता अल्लु अर्जुनको हिट फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु गरेका छन् । फिल्मको छायांकनलाई लिएर विगत केही समयदेखि विभिन्न अड्कलबाजी चलिरहेको थियो । अहिले आएर फिल्मको छायांकन सुरु भएको छ ।
निर्देशक सुकुमारले फिल्म ‘पुष्पा द रुल’ का लागि अल्लु अर्जुनको लुक खिच्दै फिल्मको छायांकन सुरु गरेका हुन् । जसको तस्बिर समेत सामाजिक सञ्जालबाट बाहिरिएका छन् । फिल्मको छायांकार मिरोस्ला कुबा ब्रोजेक रहेका छन् । जसले फिल्मको अघिल्लो सिक्वेल ‘पुष्पा द राइज’ पनि छायांकन गरेका थिए ।
अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर ‘पुष्प द राइज’को सफलतामा अल्लु अर्जुनका हिन्दी भाषी फ्यानहरूले ठूलो भूमिका खेलेका थिए । जसले स्याटेलाइट च्यानलहरू र युट्युब च्यानलहरूमा उनका तेलुगु फिल्महरूको हिन्दी डब संस्करणहरू हेरिरहेका थिए ।
अल्लु अर्जुन ‘पुष्प द राइज’ को प्रि–प्रोडक्सनदेखि रिलिजपछिको प्रचार प्रसारमा सक्रिय थिए । यो पटक पनि उनी ‘पुष्पा द रुल’ निर्माणमा हरेक तहको चासो लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण