‘आदिपुरुष’ को रिलिज डेट परिवर्तन
प्रभास र सैफ अली खान अभिनित प्रतिक्षित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति परिवर्तन भएको छ । निर्देशक ओम राउतले फिल्मको रिलिज मिति परिवर्तन गरेका हुन् । फिल्म १२ जनवरी २०२३ मा रिलिज तय भएको थियो ।
मिडिया रिपोर्टका अनुसार अब फिल्म शो मितिमा रिलिज नभएरपछि रिलिज हुनेछ । ‘आदिपुरुष’ रिलिज हुने समय साउथ सुपरस्टार चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरथ्या’ र नन्दमुरी बालकृष्णन स्टारर ‘वीर सिम्हा रेड्डी’ पनि रिलिज हुँदैछन् ।
त्यसको अलवा थालापथी विजयको फिल्म ‘वरिसु’ पनि रिलिज हुँदैछ । यस्तो अवस्थामा ‘आदिपुरुष’ ले आन्ध्र प्रदेश र तेलंगानामा स्क्रिन नपाउने भन्ने डर निर्मातालाई छ । फिल्मको टिजर २ अक्टोबरमा अयोध्यामा गरिएको थियो । फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरै टिजलाई ट्रोल गरेका थिए ।
सामाजिक सञ्जालमा ‘रावण’ को लुकलाई लिएर निकै ट्रोल गरियो । फिल्मको टिजरमा सैफ अली खानलाई रावण, हनुमान, भगवान राम र सीताको भूमिकामा अभद्र तरिकाले देखाइएको समेत आरोप लाग्यो । त्यही कारण फिल्ममा ठुलो फेरबदल गर्न निर्माण पक्षले समय लिएको बताइन्छ ।
‘आदिपुरुष’ बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ । फिल्मको बजेट ५ सय करोड छ । प्रभाससँगै कृति सेनन र सन्नी सिंह पनि फिल्मको महत्वपूर्ण भूमिकामा छन् । फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन् । यसअघि ओमले तानाजी जस्ता सुपरहिट फिल्म बनाएका थिए । –अमर उजाला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण