बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रचारसँगै सिन्धुपाल्चोकमा उत्सवको झल्को

सोमबार, १४ कात्तिक २०७९, १४ : ५०
सोमबार, १४ कात्तिक २०७९

सिन्धुपाल्चोक क्षेत्र नं २ का उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत शनिबार चुनावी अभियानका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाको रैथाने पुग्दा त्यहाँका बासिन्दाले गाउँमा उत्सव सुरू भएको आभास गरे ।

सधैँ देखिरहनेभन्दा फरक अनुहार गाउँमा दिनहुँजसो देखिन थालेपछि रैथानेका मदन श्रेष्ठले चुनावी माहोलबारे अनभिज्ञता प्रकट गर्दै गाउँमा हुन थालेको चहलपहललाई रमाइलो मात्रै माने । चुनावी अभियानमा उनले पाँचपोखरीको भोताङ, थाङ्पालकोट, गुन्सा हुँदै धाप पुगेर चुनावीसभालाई सम्बोधान पनि गरे  । मतदातासँग उत्साह देखेको छु, कार्यक्रममा व्यस्त उम्मेदवार बस्नेतले भने, “जनतामा गठबन्धनमा पूरा विश्वास भएकै कारण सबैले निर्वाचनमा भोट दिनेछन् ।” 

अभियानकै क्रममा थाङ्पालकोटको रैथानेमा एक सातामा धेरै राजनीतिक दल चुनावी प्रचारप्रसारमा आए । प्रायजसो सुनसान हुने यो गाउँमा राजनीतिक छलफल र चुनावी प्रचारप्रसारले तीव्रता पाएपछि स्थानीयवासीलाई उत्सवको झझल्को भएको हो । भोट माग्नेको लर्कोले चहलपहल बढ्न थालेकाले हामीलाई गाउँमा कुनै उत्सव सुरु भएजस्तै लाग्दै छ– मानेखर्कका काले तामाङले भने, “ विभिन्नथरीका झन्डा बोकेर आउने दलका कार्यकर्ता तथा नेताकै कारण गाउँमा उत्साहसमेत थपिएको छ ।” 

एउटै गाउँमा धेरै पार्टीको चहलपहल एकैसाथ हुँदा मतदातालाई समेत भ्याइनभ्याइ छ । घरदैलो अभियानमा क्षेत्र नं २ का एमालेका उम्मेदवार शेरबहादुर तामाङ भोटेनाम्लाङ पुग्दा त्यहाँ राप्रपाका उम्मेदवार गोपालनरसिंह श्रेष्ठ पनि थिए । त्यहीँ बेला उम्मेदवार नभए पनि गठबन्धन दल कांग्रेस र माओवादीका कार्यकर्ता पनि घरदैलो अभियानमा भोटेनाम्लाङमा देखिएका थिए । स्थानीयवासी युवराज गिरीले रङ्ग रङ्का झन्डा बोकेर प्रचारप्रसारमा आउने नेता तथा कार्यकर्ता  गाउँमा आउँदा चुनाव एउटा उत्सवकैरूपमा आएकोजस्तो महसुस भएको बताए । 

भोटेनाम्लाङकी रिता गिरीले चुनाव आएपछि मात्रै गाउँमा रमाइलोका लागि नेता आउने गरेको आरोप लगाए । क्षेत्र नं  १ मा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका केन्द्रीय पोलिटब्युरो सदस्य माधव सापकोटा र एमालेका उम्मेदवार सरेश नेपाल पनि गाउँ केन्द्रित अभियानमै व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप