भीड व्यवस्थापन गर्न कोरियाली राष्ट्रपतिको आह्वान
मङ्गलबार, १५ कात्तिक २०७९, ११ : १२
सीउल–दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले भीडबाट हुने दुर्घटना रोक्न उपर्युक्त सुरक्षा उपाय चाल्न आह्वान गरेका छन् । राजधानी सीउलमा ह्यालोविन उत्सव मनाउने क्रममा १५५ जनाको मृत्यु भएपछि उनले मंगलबार यस्तो आह्वान गरेका हुन् । मन्त्रिपरिषदको बैठकको अध्यक्षता गर्ने क्रममा उनले उत्सवमा हुन सक्ने सम्भावित भागदौड व्यवस्थापन गर्न जोड दिएका हुन् ।
सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो। एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा दर्जनौँ घाइते भएका छन् । भागदौडमा घाइते हुनेहरूमा अधिकांश २० देखि ३० वर्षका युवा युवती छन् । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सवमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरूको ठूलो उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण