शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भीड व्यवस्थापन गर्न कोरियाली राष्ट्रपतिको आह्वान

मङ्गलबार, १५ कात्तिक २०७९, ११ : १२
मङ्गलबार, १५ कात्तिक २०७९

सीउल–दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले भीडबाट हुने दुर्घटना रोक्न उपर्युक्त सुरक्षा उपाय चाल्न आह्वान गरेका छन् । राजधानी सीउलमा  ह्यालोविन उत्सव मनाउने क्रममा १५५ जनाको मृत्यु भएपछि उनले मंगलबार यस्तो आह्वान गरेका हुन् । मन्त्रिपरिषदको बैठकको अध्यक्षता गर्ने क्रममा उनले उत्सवमा हुन सक्ने सम्भावित भागदौड व्यवस्थापन गर्न जोड दिएका हुन् । 

सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो। एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा दर्जनौँ घाइते भएका छन् । भागदौडमा घाइते हुनेहरूमा अधिकांश २० देखि ३० वर्षका युवा युवती छन् । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सवमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरूको ठूलो उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप