पञ्चाङ्ग निर्णायक विकास समितिका लागि ७ जनाको दरबन्दी स्वीकृत
नेपाल सरकारले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका लागि सातजनाको दरबन्दी स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषदले समितिका लागि सातजनाको दरबन्दी कायम गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले वि.सं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साल साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आएका हो ।
गठन आदेश कार्यान्वयनका लागि समितिमा सातजनाको दरबन्दी स्वीकृत भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । जसअनुसार कार्यालय प्रमुखका रुपमा कार्यकारी निर्देशकले काम गर्ने उल्लेख छ । कार्यकारी निर्देशकले समितिको सदस्यसचिवका रुपमा समेत काम गर्ने व्यवस्था गठन आदेशमा छ ।
समितिमा पञ्चाङ्ग अधिकृत एक, वरिष्ठ कम्प्युटर सहायक (नायब सुब्बा) एक, प्रशासन सहायक (खरिदार) एक, लेखापाल (खरिदार) एक, कार्यालय सहयोगी र चालक एक÷एक गरी सातजनाको दरबन्दी कायम हुने भएको हो । गठन आदेशले तोकेका सबै काम गर्न यो जनशक्ति कम हुने भए पनि अहिलेलाई यही जनशक्तिले काम चलाउनुपर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण