मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ : श्वेता खड्का
नायिका श्वेता खड्कालाई म‌ंगलबार पुत्रीलाभ भएको छ । उनले आमा बनेकोमा सामाजिक सञ्जालबाट खुसी व्यक्त गरेकी छन् । उनले आमा बन्न पाएकोमा आफूले निकै भाग्यमानी महसुस गरेको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दीप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ । आजबाट मैले संसारकै सबै भन्दा सुन्दर शब्द "आमा" बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबै भन्दा ठूलो अवार्ड हो , सबैभन्दा अमूल्य प्राप्ति अनि बहुमूल्य सम्पत्ति हो ।
मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रति साहनुभुतिि जनाइदिने मेरा आफन्त, परिवार, नातागोता र शुभचिन्तकहरू सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र शिह रावत लाई मुरी मुरी माया । मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी "परी"लाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण