प्रचण्डलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्वाचन आयोगको तयारी
बुधबार, १६ कात्तिक २०७९, १३ : १५
निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दोस्रो स्पष्टीकरण सोध्ने तयारी गरेको छ । प्रतिनिधिसभा सदस्य मनोनयनका दिन किन बाजा बजाएको भनेर स्पष्टीकरण सोधेपछि प्रचण्डले दिएको स्पष्टीकरण चित्त नबुझेको आयोगले जनाएको छ ।
प्रचण्डले ‘कसले कहाँ बाजा बजायो आफूलाई थाहा नभएको’ भनेर जवाफ दिएका थिए । प्रचण्डको सो जवाफ चित्त बुझ्दो नभएको भन्दै आयोगले गोरखाका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई प्रचण्डले मनोनयन गर्न बाजा गाजा लगेका हुन कि हैनन् त्यसबारे बुझ्न निर्देशन दिएको छ ।
जिल्लाबाट जवाफ आएपछि सो आधारमा पुन स्पष्टीकरणको निर्णय गरिने आयोग स्रोतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण