नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा २२ नाटक मञ्चन हुने
आगामी मंसिर ९ गतेबाट सुरु हुने ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ मा छनौट भएका नाटक र मञ्चन तालिका सूची सार्वजनिक भएको छ । आयोजक मण्डला थिएटरले आफ्नो आधिकारीक वेभसाइट मार्फत छनौट भएको २२ नाटक र ती मञ्चन तालिका सार्वजनिक गरेको हो ।
मञ्चन तालिका अनुसार २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन शो राखिएको छ । आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरिबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकह समावेश छन् ।
तालिका अनुसार मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन् । महोत्सवमा ९ नाटकको भने दुई–दुई मञ्चन हुने तालिकामा उल्लेख छ ।
९ दिनसम्म आयोजना हुने महोत्सव मंसिर ९ देखि १७ (नोभेम्बर २५–डिसेम्बर ३) सम्म हुनेछ । उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् । महोत्सवमा मञ्चन हुने नाटकबाट विभिन्न देशका कला, संस्कृति, राजनीतिक–सामाजिक परिवेश बुझ्न सकिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण