वैदेशिक रोजगारीमा रहेका कस्ता नेपालीले आईपीओ भर्न पाउँछन् ?

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका लागू गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालका कम्पनीहरूले साधारण सेयर (आईपीओ) जारी गर्दा १० प्रतिशत आरक्षण दिने व्यवस्था कार्यान्वयन गर्नको लागि संसोधन गरिएको निर्देशिका लागू गरिएको हो ।
बोर्डका अनुसार अब आईपीओ जारी गर्ने कम्पनीले कुल जारी हुने आईपीको १० प्रतिशत वैदेशिक रोजगारीमा हुने नेपालीको लागि छुट्टयाउनु पर्नेछ । यसरी छुट्टयाएको आईपीओ सर्वसाधारणको लागि निष्कासन हुनुभन्दा १५ दिन अगाडि नै आव्हान पत्र प्रकाशित गर्नुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालका आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुमा रहेको रेमिटान्स बचत खाता मार्फत भुक्तानी हुने गरी आईपीओ भर्नुपर्नेछ । विगत ६ महिनाको अवधिमा कम्तिमा ५० हजार रूपैयाँ नेपालमा पठाएका व्यक्तिहरू मात्रै यस्तो आईपीओ भर्नको लागि योग्य हुने बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेमा युवाको अवस्था र अबको भूमिका
-
टीभीएसको च्याम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी
-
उद्योग मन्त्रालयको बजेटमा वर्षेनी कैँची
-
पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन
-
पाँचौँ उपाधि चुमेपछि धोनीको ‘मुड’ बदलियो, तत्काल सन्यास नलिने
-
पीएलएफआईका नेतालाई नेपालले भारत सुपुर्दगी गरेको आरोप