रुपन्देही-३ मा एमाले गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक
रुपन्देहीको क्षेत्र नम्बर ३ मा एमाले नेतृत्वको गठबन्धन दलले आज प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । नेकपा एमाले, राप्रपा र जसपाको ३ दलले निर्वाचनलाई मध्यनजर गर्दै (३) बुँदे योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार दीपक बोहोराले विगतमा पनि आफूले दीर्घकालिन विकासको योजना रुपन्देहीमा सन्चालन गरेको र आगामी दिनमा पनि अझ बढी महत्वका योजना शुरुवात गर्ने बताए । उनले क्षेत्रको मानवीय, सामाजिक र भौतिक विकास नै आफ्नो प्राथमिकता रहेको बताए । गर्न नसक्ने काम भन्दा पनि जे गर्न सम्भव त्यही नै काम गर्नेगरी जनतासँग बाचा गर्ने उनले बताए ।
राप्रपाका बोहोरालाई एमाले र जसपाको समर्थन गरेको छ । उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रसका बालकृष्ण खाणसँग हुँदैछ । प्रदेश तर्फ (क) मा जसपाका मेहन्द्र यादव र (ख) मा एमालेका तुलसी प्रसाद चौधरी रहेका छन् ।
आज प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभाको उम्मेदवार महेन्द्र यादवले प्रतिबद्धतापत्रमा उल्लेख भएका योजनालाई आफूले कार्यान्वयन गर्नको कुनै कसर बाँकी नराख्ने जनाए । यसैगरी प्रदेश सभामा क्षेत्र नम्बर ३ (२) का उम्मेदवार तुलसी प्रसाद चौधरीले सामाजिक र मानवीय विकासमा आफूहरुको मुख्य काम हुने बताएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
-
एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने
-
बाग्मतीका पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता दिन सुरु
-
स्ट्रेट अफ होर्मुज भएर जाने जहाजबाट २० प्रतिशत टोल फी असुल्न खोज्दैछन् ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण