लघुकथा : घोषणापत्र
चुनाव नजिकिएसंगै धमाधम राजनीतिक दलहरुले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्न थाले । दलका जनवर्गीय संगठन, विभाग र विभिन्न क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको भन्ने सुन्नमा आयो ।
सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्ने गरी ५ वर्षे योजना घोषणापत्रमार्फत् आउने भयो । घोषणापत्रको नारामा राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि आदि इत्यादि तय गरियो ।
एकजना देशभक्तले सबै दलहरुको घोषणापत्र थाक लगाएर जतनले घरमा राख्यो । चुनाव भयो । जित्नेले जिते । सरकार बनाए । देशभक्तले खुब चाख दिएर घोषणापत्रले सबै विकास गरिदिन्छ भनेर विश्वास गरी दिनहुँ पढ्न थाल्यो ।
खेतीको बेला मल आएन । किन आएन, घोषणा पत्रमा पल्टाएर खोज्यो । रोजगारीको लागि दिनहुँ युवायुवतीहरु खाडी मुलुक र अन्यत्र मुलुकतिर किन जान बाध्य भए भनेर पत्ता लगाउन घोषणापत्र पल्टाएर खोज्यो ।
बिरामी हुँदा सिटामोल पनि किन किन्न पाइएन भनेर घोषणापत्रको पन्ना धुँइधुँइ पल्टाइ रह्यो । घोषणापत्र पढ्दा पढ्दै देशभक्तलाई देशको माया लाग्यो । अनि उसको घोषणापत्र प्रतिको विश्वास र उसले गरेका आशाहरु अब के हुन्छन् भन्ने उसलाई चिन्ता लाग्न थाल्यो ।
विडम्वना घोषणापत्र पढ्दा पढ्दै उसका आँखा रसाएर आए । घोषणापत्रको सबै आशा निराशामा परिणत भए ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण