दुई लघुकथा
१ः दुष्ट
वृद्धले सोधे, “परार त सँगै आएका थियौ तर अहिले एक्ला एक्लै आएका छौ ।”
जवाफ आयो, “असाध्यै दुष्ट रहेछ ।”
वृद्धले भने, “परार यिनलाई त्यसै भन्थ्यौ ।”
अर्को जवाफ आयो, “हैन यी एकदम सज्जन रहेछन् । हामीहरूले पहिला चिन्न सकेका रहेनछौं ।”
वृद्धले पुनः पुरानो कुरा स्मरण गराए, “परार पनि अर्कालाई त्यसै भन्थ्यौ ।”
“अब भ्रममा पर्दिन ।” उसले जवाफ दियो ।
वृद्धले मनमनै भने, “तिमीहरू सबै दुष्ट हौ ।”
तर उसैलाई थाहा छैन, अर्को पटक आउँदा कसलाई दुष्ट र कसलाई सज्जन भन्ने हो ।
२ः ईमान्दार
“कति कौसीमा मात्रै बसिरहनु हुन्छ ? यसो पाटनतिर निस्कने गर्नुपर्यो, हरिगोपाल दाइ ।” गोकर्णले भन्यो ।
“म जस्तो इमान्दार मान्छेलाई पाखा लगाएपछि कतै निस्कनै मन लाग्तैन ?” हरिगोपाल दाइले भने ।
“अर्को पटक अवसर आउला नि त, किन निरास हुनु ।” गोकर्णले भन्यो ।
थुप्रै जायजेथा आफ्नै बल र बुद्धि (मुड्की र ठग बुद्धि ?)ले जोडेका हरिगोपाल दाइले यसपटक जुन दलमा पसे पनि टिकट पाउन सकेनन् ।
“अहिलेजस्तो केही गरेर देखाउने जोश र जाँगर पछि कहाँ हुन्छ र भाइ ।” हरिगोपाल दाइले पाखुराको ट्याटु मुसार्दै भने । उसो त उनका आफ्नै थुप्रै मुद्दा मिलाउनुपर्ने थियो ।
“हजुर भन्दा पनि ईमान्दार मान्छे भेटे होलान् नि दलहरुले । ” गोकर्णले भन्यो ।
हरिगोपाल दाइले मनमनै भने, “यो गोकर्णे पनि मेरो नजरमा ईमान्दार रहेन अब ।”
पोखरा–७ मासबार,कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण