तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
शनिबार, १९ कात्तिक २०७९, २१ : ४४
पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका–५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिए ।
घाइते श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भएर सडकको नालीमा खसेको प्रहरीको भनाइ छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने
-
भारतको कारखानामा विस्फोट हुँदा २ जनाको मृत्यु
-
चीनमा सडक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
-
प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट