कर्णालीका मुख्यमन्त्री शाही २० दिनदेखि गृह जिल्लामै
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही चुनावी अभियानका क्रममा २० दिनदेखि गृह जिल्ला हुम्लामा छन् । १ कार्तिकमा सुर्खेतबाट हुम्ला गएका शाही त्यसयता कार्यालयमा हाजिर भएका छैनन् ।
१० कार्तिकमा एक कार्यक्रमका लागि विमानमार्फत काठमाडौं गएका उनी १२ कार्तिकमा काठमाडौंबाट सिधै हुम्ला पुगेका थिए । १२ देखि २० कार्तिकसम्म शाहीले जिल्लाका २३ भन्दा बढी गाउँ तथा बस्तीमा घरदैलो कार्यक्रम गरिसकेका छन् । सत्ता गठबन्धनका तर्फबाट हुम्ला (ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार शाहीले १२ कार्तिकमा नाम्खा गाउँपालिका वडा नम्बर १, हेप्कामा पुगेका थिए । त्यहाँ आफ्नो उम्मेदवारीका विषयमा जनतालाई जानकारी गराएर सोही दिन उनी सिमिकोट वडा नम्बर ७, चौगनफया पुगे ।

१३ कार्तिकमा नाम्खाको यारी, १४ गते तुम्कोट, मुचु, यालबांग, केर्मी, च्यादुक, हेप्का, खगालगाउँ, लामा खोल्सी लगायतका गाउँमा घरदैलो अभियान गरेका उनले शनिबार सिमिकोटको वडा नम्बर ८ खोल्सी र स्याडामा चुनावी अभियान सम्पन्न गरेका छन् ।
मुख्यमन्त्री शाहीले आइतबार सिमिकोटकै स्याडा, साता, यांगु, डाडाफया, टुलिंग र धारापोरीमा घरदैलो कार्यक्रम गर्ने तालिका अनुसार स्याडा, सातार यांगुको कार्यक्रम सम्पन्न भइसकेको शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ ।
गठबन्धनका साझा उम्मेदवार रहेका कांग्रेस नेता शाहीको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट छक्कबहादुर लामा उम्मेदवार छन् । लामा–शाहीबीचको प्रतिस्पर्धालाई निकै चासोमा साथ हेरिएको छ । लामाले ०७४ मा स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिनिधिसभा चुनाव जितेका थिए । एमालेबाट टिकट पाउने भएपछि केही समयअघि मात्रै एमालेमा प्रवेश गरेका उनले हुम्ला (ख) मा मुख्यमन्त्री शाहीसँग प्रतिस्पर्धा गर्दैछन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत अनुसार हुम्लामा एमालेको तुलनामा सत्तारुढ गठबन्धन झण्डै २५ सयभन्दा बढी मतले अगाडि छ ।
हुम्लामा मतदाताले दललाई भन्दा पनि उम्मेदवारको व्यक्तिगत प्रभावलाई मूल्याङ्कन गर्दै आएका छन् । मुख्यमन्त्री शाही हुम्लामा व्यक्तिगत रुपमा राम्रै प्रभाव भएका नेता हुन् । २०७४ मा वाम गठबन्धनका कारण नेपाली कांग्रेस नराम्ररी पराजित भएको अवस्थामा समेत शाही कर्णाली प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित हुने एकमात्र सांसद बने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण