माघमा सर्यो जीतु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’
फिल्म ‘ह्यारी कि प्यारी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति कात्तिक २५ बाट सारेर माघ २० पुर्याएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाच र विस्वकपलाई ध्यानमा राखेर फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको हो ।
हाँस्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य अभिनय रहेको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको समेत अभिनय छ । फिल्ममा अभिनेत्री रेखा थापा केमियो भूमिकामा प्रस्तुत भएकी छन् ।
फिल्मको केही दिन अगाडि काठमाडौंमा एक क्लब गीतको छायांकन भएको थियो । गीतकार तथा चिकित्सक भोला रिजालका छोरा डा. कपिल रिजालको निर्माण तथा निर्देशनमा फिल्म बनेको हो । कपिलको निर्देशनमा यो पहिलो फिल्म हो । निर्देशक रिजालले परिवारको साथमा बसेर हेर्न मिल्ने फिल्म बनेको बताउदै आएका छन् ।
निर्देशक रिजालको प्रस्तुति रहेको फिल्मको कथा रिजालकै हो । पटकथा÷संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले मिलेर लेखेका हुन् ।
फिल्ममा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण