शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

`डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना

सोमबार, २१ कात्तिक २०७९, १० : ५०
सोमबार, २१ कात्तिक २०७९

अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म `डिसेम्बर फल्स’ हेर्न पाउने भएका छन् । फिल्ममा उनकी प्रेमीकाको रूपमा अभिनेत्री उपासना सिंह ठकुरी देखिनेछिन् । पुस १५ गते देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको `चार घण्टा कुरेको’ बोलको गीतको छायाङ्कन गरिएकाे छ ।

भक्तपुर दरबार स्क्वायरमा भव्य सेट निर्माण गरी ४ दिन लगाएर खिचिएको गीतमा आर्यन र उपासनालाई कोरियोग्राफर रामजी लामिछानेले निकै रोमान्टिक रूपमा प्रस्तुत गरेको बताइन्छ । 

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा निशान भट्टराई र मेलिना राईको स्वर छ । भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायाङ्कन रहेको फिल्मलाई युवा निर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि वान डे’, कसम’,धुवाँ यो नशा’ र कायरा’ निर्माण गरिसकेका छन् । `डिसेम्बर फल्स’ उनको पाँचौँ फिल्म हो । 

फिल्ममा आर्यन र उपासनाकाे अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय छ । रामप्रसाद रिजालको प्रस्तुति,लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट हुन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतीक पौडेलको पटकथा/संवाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुशान्त गौतम र प्रतीक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामिछाने,शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप