दीपक बोहरालाई गृहमन्त्री हामी बनाउँछौँ : राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष पशुपति शमशेर राणाले रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताएपछि गृहमन्त्री बनाउने बताएका छन् । भैरहवामा आयोजना गरिएको आज एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले आफ्नो मत सदुपयोग गर्न पनि दीपक बोहरालाई जिताउन आग्रह गरेका हुन् ।
उनले वर्तमान गृहमन्त्री बालकृष्ण खाँणले शक्तिको दुरुपयोग गरिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए । उनले भने तपाईंहरू दीपक बोहरालाई जिताए पठाउनुहोस् हामी गृहमन्त्री बनाउँछौ ,।
उनले कांग्रेसको कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरू एक भएर लाग्ने समेत बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नेतृत्वले दीपकको विजयको लागि कुनै कमी नराख्ने बताउँदै एमाले र जसपाको राजनैतिक इमानदारितासँगै विजयीको सुनिश्चितता रहेको समेत बताए । यहाँ राप्रपाले एमालेसँग तालमेल गरेको छ भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण मैदानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी समायोजन तथा सरकारको समीक्षा गर्न जसपा नेपालले बोलायो बैठक
-
सांसद र सभामुखको बिचबाट प्रधानमन्त्री हिँडेपछि...
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण