लुम्बिनी प्रदेशकी पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग, रुपन्देही-३ मा बोहरालाई समर्थन
लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डेले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पार्टी परित्याग गरेकी छन् । उनले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरेर लोसपा पार्टी परित्याग गरी रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहरालाई समर्थन गर्ने बताएकी हुन् ।
लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग, वन तथा वातावरण मन्त्रीसमेत रहेकी पाण्डेले लोसपामा व्यक्तिवादी हाबी भएकाले पार्टी परित्याग गरेको बताइन् । पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवादी हाबी हुँदा पार्टी परित्याग गरेको बताइन् ।
मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभामा बोहरा, जसपाका नेता तथा प्रदेश सभा क का उम्मेदवार महेन्द्र यादव र नेकपा एमालेका नेता तथा प्रदेशसभा ख का उम्मेदवार तुल्सि चौधरीलाई समर्थन गर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानसभाका तीन सदस्यलाई जेल सजाय
-
आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक
-
ट्राफिक नियम उल्लंघनमा ५० हजार रुपैयाँ जरिवाना हुँदैन : मन्त्री लम्साल
-
बद्रीनाथ धाममा दान अनियमितताको आरोप, एक कर्मचारी पक्राउ
-
ट्युनिसियादेखि त्रिपुरेश्वरसम्म : जलिरहेका नागरिकका पदचाप
-
एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण